site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा नेपाली चिकित्सकबारे यूएसएमएलईको विवाद के हो  ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली चिकित्सकबारे अमेरिकाको युनाइटेड स्टेट्स् मेडिकल लाइसेन्सिङ एक्जामिनेसन ( यूएसएमएलई) बोर्डले गरेको पछिल्लो निर्णय यतिखेर समग्र स्वास्थ्य क्षेत्रको चासो बनेको छ । 

सन् २०२३ मा यूएसएमएलई दिएका नेपाली फिजिसियनको नतिजा रद्द भएको भन्दै विज्ञप्ति निकालेपछि अमेरिकादेखि नेपालसम्मका चिकित्सक यसको विरोधमा उत्रिएका छन् ।

निर्णयले निम्त्याएको समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिलले परराष्ट्र मन्त्रालयमार्फत् पहल थालेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

घटना के हो ? 
यूएसएमएलई अमेरिकामा काम गर्न लाइसेन्सका लागि लिइने चिकित्सकहरूको परीक्षा हो । यो परीक्षा अमेरिकी सरकार अन्र्तगतका दुई नियामक निकायहरू फेडेरेसन अफ स्टेट मेडिकल बोर्ड (एफएसएमबी) र नेसनल बोर्ड अफ मेडिकल एक्जामिनर्स् (एनबीएमइ) मातहतमा हुने गर्दछ ।  

यूएसएमएलईका तीनवटा चरण हुन्छन् स्टेप वान, स्टेप टू र स्टेप थ्री । गत जनवरी ३१ मा यूएसएमएलईको सचिवालयले एक विज्ञप्ति जारी गर्दै सन् २०२३ मा परीक्षा दिएका नेपाली फिजिसियनको परीक्षा नतिजा रद्द गरिएको जानकारी गरायो । 

Royal Enfield Island Ad

उनीहरूको विभिन्न चरणको परीक्षा स्कोर तुलना गर्दै नतिजा अनपेक्षित राम्रो भएकाले, परीक्षामा अनियमितता भएको र प्रश्नपत्र आउट भएको हुनसक्ने कारण देखाउँदै अनुसन्धानका लागि नतिजा रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
 
परीक्षालाई यूएसएमएलईमा सहभागी सबै नेपाली परीक्षार्थीको स्कोर समान देखिएकाले पनि शंका पैदा भएको विज्ञप्तिमा उल्लेख छ । नेपाली परीक्षार्थीले प्राप्त गरेको सो स्कोर ‘इन्भ्यालिड’ हुने घोषणा बोर्डले गरिसकेको छ ।

यस सम्बन्धमा यूएसएमएलई सचिवालयले अनुसन्धान गरिरहेको र छिट्टै अर्को परीक्षाको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तिविरुद्ध हस्ताक्षर संकलन अभियान 
यूएसएमएलईमा नेपाली चिकित्सकबारे गरिएको यो निर्णयको विरोधमा अमेरिकामा कार्यरत चिकित्सकदेखि नेपालका सरोकारवाला निकायहरू समेत एकजुट भएका छन् ।

यूएसएमएलई सचिवालयले समग्र नेपाली चिकित्सा क्षेत्रमाथि नै प्रश्न उठ्नेगरी ‘सोलोडोलो’ विज्ञप्ति जारी गरेको भन्दै हस्ताक्षर अभियान चलाइएको छ । 

‘चेन्ज डट ओआरजी’ अनलाइन प्लाटफर्ममार्फत् यतिखेर अमेरिकामा कार्यरत र नेपालमै रहेका चिकित्सकहरूले हस्ताक्षर संकलन अभियान चलाइरहेका छन् । सोमबार दिउँसोसम्म उक्त अभियानमा दुई हजार ७० बढीले हस्ताक्षर गरिसकेका छन् ।

निर्णय परिवर्तन गर्न दबाबस्वरुप सुरु गरिएको अभियानबारे स्टाटसको सारांश छ : “अमेरिकामा कार्यरत नेपाली चिकित्सक लिन यूएसएमएलईले जारी गरेको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

हामी यहाँहरूको अनुसन्धानलाई पूर्ण समर्थन गर्छौँ र हामी यो कुरामा सहमत छौँ कि यूएसएमएलईलाई मर्यादित बनाउनुपर्छ । तर, पूरा नेपाललाई नै मुछ्ने गरी निकालिएको विज्ञप्तिले हजारौँ नेपाली चिकित्सकको क्षमतालाई नजरअन्दाज गरेको गरेको छ । 

विज्ञप्तिले सम्पूर्ण नेपाली चिकित्सा वर्गलाई अपमानित र दुःखी बनाएको छ । सो अनियमिततामा संलग्न प्रत्येक परीक्षार्थीमाथि अनुसन्धान गरिनुपर्छ । युएसएमएलई गरेका समग्र नेपाली चिकित्सकमाथि नै हिलो छ्याप्ने काम स्वीकार्य हुने नहुने बताइएको छ । विज्ञप्तिले अमेरिकाको स्वास्थ्य प्रणालीमा सहयोग पु¥याइरहेका दुई हजार बढी नेपाली फिजिसियनहरूको मनोबल

गिराएको स्टाटसमा लेखिएको छ । 

योगदानको यो किसिमको देशलाई नै बेइज्जत गर्ने भेदभावले नेपाली चिकित्सकहरूको मेहनत, दक्षता र उपलब्धिलाई छायाँमा पारेको स्टाटसमा भनिएको छ । केही गलत नियतका व्यक्तिहरूको कारणले सबैलाई एक नजरले हेरिनु नहुने अभियानमा संलग्नहरूको जोड छ । 

नेपालले बलियोसँग नबोले अवस्था गम्भीर हुनसक्छ : संघ
यूएसएमएलईको पछिल्लो निर्णयलाई लिएर नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल लगायतका निकायले पनि आपत्ति जनाएका छन् । संघले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर दूतावासमार्फत् समस्या समाधानको पहल गर्न अनुरोध गरेका छन् ।  

“स्टेप ३ सम्म पुगेका चिकित्सकलाई नतिजा रद्द भएको जानकारी गराउनु न्यायसंगत भएन यसबारे पुनर्विचार हुनुपर्छ” संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भने । 

नेपाली चिकित्सकको यो समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले यसबारे बलियो पहल नगरे अवस्था गम्भीर हुने डा. कार्की बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro