site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्ट्स घरमै युडिनेससँग स्तब्ध

काठमाडौं । लौटारो जियानेट्टीको निर्णायक गोलप्रेरित युडिनेसले इटालियन सिरी ‘ए’ मा युभेन्ट्सलाई उसैको घरमा हराएको छ । 

सोमबार राति एलियन्ज रंगशालामा सम्पन्न खेलमा जियानेट्टीले २५औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा युडिनेसले घरेलु टिमविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।

Dabur Nepal
NIC Asia

युडिनेससँगको अप्रत्यासित हारले तालिकाको दोस्रो स्थानमा रहेको युभेन्ट्सलाई शीर्ष स्थानको इन्टरसँको अंक दूरी घटाउने लक्ष्यमा धक्का लागेको छ । २४ खेलबाट ५३ अंक जोडेको युभेन्ट्स तालिकाको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको इन्टरभन्दा सात अंक कम हो । युभेन्ट्सभन्दा एक खेल कम खेलेको इन्टरले ६० अंक जोडेको छ । 

जितसँगै २४ खेलबाट २२ अंक जोडेको युडिनेस तालिकाको १५औँ स्थानमा उक्लिएको छ । युडिनेस सिरी ‘ए’ को रेलिगेसन क्षेत्रभन्दा तीन अंकले मात्र अघि छ । तालिकाको रेलिगेसन क्षेत्रमा संघर्षरत भेरोनाको २४ खेलबाट १९ अंक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro