site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले 'सहकारी तथा लघुवित्तीय संस्थाकाे संकट र समाधानका उपाय'बारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउने भएको छ ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेकाे नेतृत्वमा तयार प्रतिवेदन भाेलि बिहान १०:१५ बजे प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड'लाई बुझाउने तय भएकाे छ । रास्वपाको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने छ ।

वाग्लेले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न केही समय नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताउँदै आएका छन् । ठूला सहकारीलाई राष्ट्र बैंकले तीन वर्षसम्म नियमन गर्नुपर्ने उनको तर्क छ ।

सरकारले आफैँले अध्ययन गरेर तयार पारेका रिपोर्टहरूको पालना नगरेको उनको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu