site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको पहिलो शतक 
SkywellSkywell

काठमाडौं । एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालका ओपनर अनिल साहले शतक बनाएका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ११६ बलमा शतक बनाएका हुन् । उनले १०० रन पूरा गर्ने क्रममा ११ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिलको यो पहिलो शतक हो । 

Dabur Nepal
NIC Asia

जारी खेलको ४१ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २२२ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका अनिलसँगै भीम सार्की ९७ रनमा खेलिरहेका छन् । यी दुईले हालसम्म दोस्रो विकेटका लागि कीर्तिमानी १७७ रनको साझेदारी गरिसकेका छन् ।  

नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए ।  

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu