site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आर्थिक तथा वित्तीय अपराध नियन्त्रण गर्न कडा कानुन बनाउनुपर्छ : कानुनमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि कडा कानुन बनाउनुपर्ने बताएका छन् । 

सोमबार राष्ट्रियसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । 

Dabur Nepal
NIC Asia

मन्त्री गुरुङले मुलुकको आर्थिक तथा वित्तीय अवस्थालाई सुदृढ बनाउँदै यससम्बन्धी अपराध नियन्त्रण गर्न विधेयक ल्याइएको बताए । मुलुकमा वित्तीय पारदर्शीता र लगानीको वातावरण बनाउन विधेयक महत्त्वपूर्ण हुने उनले बताए ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र सुपरिवेक्षण राष्ट्र बैंकले गर्न सक्ने व्यवस्था गरिएको धारणा राखे । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कुनै व्यक्तिको सम्पत्तिको स्रोत पनि खुल्न नसकेको र अपराध पनि नदेखिएको सन्दर्भमा राज्यलाई कर तिराएर सम्पत्ति वैध गर्न सकिने व्यवस्था गरिएको बताए । 

मन्त्री गुरुङले विधेयकमा कुनै गलत नियत नराखिएको र कसैको कालोधनलाई वैध बनाउन नखोजिएको स्पष्ट पारे । 

त्यसअघि बैठकमा विधेयकमाथिको छलफलमा क्रममा अवैध सम्पत्तिलाई वैध गर्न बाटो खुल्ला गर्न नहुनेमा जोड दिएका थिए । राष्ट्रियसभा बैठकले उक्त बैठकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro