site stats
बाह्रखरी :: Baahrakhari
खेल
एकदिवसीय शृंखला ‘क्लिन स्वीप’ गर्न नेपाललाई २३३ रनको लक्ष्य 

काठमाडौं । ‘क्लिन स्वीप’को लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाबाट २३३ रनको लक्ष्य पाएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओपनर नवनित धलिवालले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रन बनायो ।

धैर्यपूर्ण ब्याटिङ गरेका क्यानडाका ओपनर धलिवालले सबैभन्दा धेरै ५० रन बनाए । ललितनारायण राजवंशीको बलमा आकाश चन्दबाट क्याच हुनुअघि उनले ८२ बलमा पाँच चौका प्रहार गरेका थिए ।

निखिल दत्तले ६२ बलमा दुई चौका र एक छक्कासहित ४५ रन थपे । आक्रमक रूपमा प्रस्तुत भएका कप्तान साद बिन जफरले १५ बलमा तीन चौका र दुई छक्कासहित अविजित ३१ रन जोडे । हर्ष थाकेरले ५७ बलमा दुई चौकासहित २९ रन बनाए । श्रेयस मोभ्वाले २५ र श्रीमन्था विजयरत्नेले २२ रन थपे ।

Global Ime bank

नेपालका ‘डेब्युट्यान्ट’ हेमन्त धामीले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्चंदै क्यानडाका ओपनर आरोन जोन्सन, दिलोन हाइलिजर र श्रेयान्स मोभ्वालाई पभेलियनको दिशा देखाएका हुन् ।

कुशल मल्लले दुई विकेट लिए । किफायती बलिङ गरेका मल्लले १० ओभरमा एक मेडन फ्याँक्दै ३८ रन मात्र खर्चिए । ललितनारायण राजवंशी र आकाश चन्दले समान एक विकेट लिए ।

तीन खेलको शृंखलाका निम्ति नेपाल भ्रमणमा रहेको क्यानडाले यसअघिका दुवै खेल हारको थियो । नेपालले पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu