site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चको फैसलाविपरीत ताराखोलाले दियो 'जनयुद्ध दिवस'को बिदा

पोखरा । सर्वोच्च अदालतको फैसलाविरुद्ध बागलुङको ताराखोला गाउँपालिकाले 'जनयुद्ध दिवस'को अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको छ ।

पालिकाको माघ १९ गते बसेको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष धनबहादुर बिकले जनाएका छन् ।

ताराखोलाका अध्यक्ष बिक माओवादी केन्द्रका हुन् ।

अध्यक्ष विकले आइतबार जारी गरेको सार्वजनिक सूचनामा फागुन २ गते वडा कार्यालय, विद्यालय, बैंक तथा सहकारी, सरकारी कार्यालयमा बिदा दिइएको उल्लेख छ ।

सर्वोच्चको फैसलामा के छ ?

'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले 'जनयुद्ध दिवस'मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा सर्वोच्चले नेपालको संविधानसहित अन्य आधिकारिक दस्ताबेजमा कहीँकतै 'जनयुद्ध' शब्द प्रयोग नगरिएको तथा सर्वोच्च अदालतबाट पनि 'जनयुद्ध' शब्द संविधानको भावनाअनुरूप नरहेको भनी स्पष्ट रूपमा बताएको उल्लेख छ ।

संविधानमा प्रयोग नै नभएको र संविधानले नचिनेको जनयुद्ध शब्दको प्रयोग गरी जनयुद्ध दिवस भनी सार्वजनिक बिदा दिने गरेको सरकारको निर्णय संवैधानिक व्यवस्था र संविधानमा प्रयोग भएको शब्द संवैधानिक नैतिकता, संविधानको मर्म, परिलक्ष र मूल भावना अनुकूल नदेखिएको सर्वोच्चको ठहर छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro