site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विमानस्थलमा झगडा लज्जास्पद : सांसद श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीचको झगडा लज्जाको विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले त्यो झगडाले सिंगो देशलाई असर गर्ने बताए ।

Dabur Nepal
NIC Asia

“नेपाल सरकारको एउटा निकायको अधिकारीले नै अर्को निकायलाई लात्ताले हानेको दृष्य देखियो, यो झनै लज्जास्पद भयो,” उनले भने ।

सो झगडाको भिडियो बाहिर छ्यापछ्याप्ती भएकामा पनि उनले असन्तुष्टि जनाए ।

“विमानस्थलको सम्पूर्ण विवरण त त्यहाँभित्रको सीसी क्यामेरा र त्यहाँको टिमले खिच्यो होला नि, मिडियाहरू त त्यहाँ गएका थिएनन् होला । तर, त्यो भिडियो छ्यापछ्याप्ती भयो, योचाहिँ थप लज्जाको विषय हो,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro