राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गरिने बताइएको छ ।
समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिनेछ ।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० १२:३६
प्रतिक्रिया दिनुहोस्