site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको आश्वासन– मन्त्रिमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको भन्दै उनले त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उनले गत वर्ष पनि आफूले सोनाम ल्होसारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाइएको स्मरण गराए ।

“...अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता वागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दै छु,” उनले भने, “अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।”

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सोनाम ल्होसारका निम्ति सरकारले यो वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको ‘पेमेन्ट’ नभएको आफूले जानकारी पाएकाले त्यसको पनि ‘फलोअप’ गर्ने उनको भनाइ थियो ।

सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको उनले दोहोर्‍याए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro