अर्थ व्यवसाय
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छन् ।
बोर्ड कार्यकारी समितिको गत बुधबार बसेको बैठकले हाल कार्यकारी प्रमुख रिक्त रहेको भन्दै उनलाई कामकाजको जिम्मेवारी दिएको हो ।
पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) बमोजिम उनलाई बढीमा तीन महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० १७:४५
प्रतिक्रिया दिनुहोस्