site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरू अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । 

सर्वेक्षणमा करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भएर सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन् । मुलुकमा वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरूमध्ये महिलाको स्वामित्वमा २६ प्रतिशत र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । 

२०६५ सालयता गरिएको उक्त सर्वेक्षणअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाको स्वामित्व सबैभन्दा कम ८ प्रतिशत छ ।

सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरूको संख्या तलव सुविधा लिएर काम गर्नेभन्दा धेरै रहेको दाबी गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro