देश
काठमाडौं । प्रहरीले फरार रहेका पोखरास्थित सूर्यदर्शन सहकारीको सञ्चालक समितिका एकजना सदस्यलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा काठमाडौंस्थित गोकर्णेश्वर–४, माकलबारीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनी आज दिउँसो पक्राउ परेका थिए । बिहीबार साँझ उनलाई कास्की पुर्याइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० २२:०७
प्रतिक्रिया दिनुहोस्