खेल
काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले सातौँ सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाका उदय भगवानलाई रोहितले ४३.६ ओभरमा बोल्ड गरे । क्यानडाको स्कोरबोर्डमा भगवानले ६ रन थपे ।
जारी खेलको ४४ ओभर समाप्त हुँदा क्यानडाले सात विकेट गुमाएर २०७ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १६:२६
प्रतिक्रिया दिनुहोस्