खेल

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालले १० ओभर बलिङ गर्दा दुई विकेट लिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याइरहेको क्यानडाले पहिलो पावर प्ले (१० ओभर)को समाप्तिमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ ।
नेपालका निम्ति रिजन ढकाल र सोमपाल कामीले विकेट लिएका हुन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० १४:२५
प्रतिक्रिया दिनुहोस्