site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हरायो भनिएको नागरिकताबाटै पाण्डेयले बनाएका थिए राहदानी 

काठमाडौं । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले हराएको भनिएको नागरिकताबाटै राहदानी लिएको पाइएको छ ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको कागजातमा पाण्डेयले २०६९ साउन २ गते अर्थात् १७ जुलाई २०१२ मा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएको नागरिकता नम्बर ३९१०११/१५५ बाट ०६०१८३७० नम्बरको साधारण राहदानी लिएका थिए ।

यो नागरिकता उनले २०६६ भदौ ८ गते ६ वर्ष उमेर घटाएर लिएका थिए । पाण्डेयले पहिलो राहदानी बनाएको चार महिनापछि नै २०६९ मंसिर २० अर्थात् ५ डिसेम्बर २०१२ मा ‘हरायो भनिएको नागरिकता’ नम्बर ३५ प्रयोग गरेर विशेष राहदानी लिएको पाइएको छ ।

Dabur Nepal
NIC Asia

उनको विशेष राहदानी नम्बर ००५९४४९ रहेको छ । यो पासपोर्ट प्रयोग गरेर पाण्डेय विदेश यात्रामा निस्किएको पाइएको छ । उनी पाँचपटक यही राहदानी प्रयोग गरेर विदेश भ्रमणमा गएको विवरण अध्यागमनले उपलब्ध गराएको छ ।

पाण्डेयले २०७६ असार ३० अर्थात् १५ जुलाई २०१९ मा कूटनीतिक राहदानी पनि पुरानै ३५ नम्बरको नागरिकता प्रयोग गरेर लिएको पाइएको छ । उनले कूटनीति राहदानी लिनका लागि महान्यायाधीवक्ता कार्यालयको सिफारिसपत्र र महान्यायाधीवक्ता कार्यालयको वैदेशिक भ्रमणमा मनोनयन भएको सम्बन्धी कागजात पेस गरेका छन् । 

pandey-bibaran-1707315512.JPG
 


कूटनीतिक राहदानीको नम्बर ००२९७९८ रहेको छ । यो राहदानी प्रयोग गरेर उनी एकपटक विदेश भ्रमणमा गएको विभागको तथ्यांकले देखाउँछ ।

दोस्रो राहदानी (जुन हरायो भनिएको नागरिकताबाट बनाएका थिए) बनाएको सात वर्षपछि अर्थात् २०७६ मंसिर २२ गते पाण्डेयले पुरानो नागरिकता भेटिएको भन्दै दुवै नागरिकता खारेज गराएर अर्को नागरिकता लिएका थिए ।

उक्त नागरिकता नम्बर ३९–०१–७६–०५५१५ रहेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro