site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
रेड्मी नोट १३ सिरिज : यस्ता छन् २५ देखि ५३ हजारसम्मका ६ फोन

काठमाडौं । शाओमीले नेपाली बजारमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको हो ।

कम्पनीले यस सिरिज अन्तर्गतका रेड्मी नोट १३ प्रो+ फाइभजी, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ नेपाल भित्र्याएको हो ।

यी तीनै मोडेलमा शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको नयाँ अनुभव पाउने कम्पनीले जनाएको छ ।

रेड्मी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले स्मार्टफोनको बजारमा यो फोनले नयाँ स्ट्यान्टर्ड सेट गरेको बताएका छन् ।

Global Ime bank

रेड्मी नोट १३ प्रो+ फाइभजी डिजाइन 
रेड्मी नोट १३ प्रो+ फाइभजीमा स्टाइलिस  डिजाइन, ८.९ एमएम मोटाई र २०४.५ ग्राम तौल छ । फोनमा ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२/१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको कम्पनीले जनाएको छ । आईपी ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको रेड्मी नोट १३ प्रो+ फाइभ जी स्टाइलिससँगै टिकाउ रहेको कम्पनीको दाबी छ ।

पर्फर्मेन्स र क्यामेरा 
रेड्मी नोट १३ प्रो+ फाइभ जीमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसर रहेको छ । यसले फास्ट पर्फर्मेन्स दिने बताइएको छ ।

रेड्मी नोट १३ प्रो+ फाइभ जीको मुख्य क्यामरा २०० मेगापिक्सेलको रहेको छ । फोनमा आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामरा छ । 

१६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फी निकाल्ने ओआईएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गर्ने कम्पनीको दाबी छ ।

Redmi-Note-13-Series-1707302644.jpeg
 

रेड्मी नोट १३ प्रो+ फाइभ जीमा ५००० एमएचको ब्याट्री रहेको छ । फानेमा १२० वाटको हाइपरचार्जरले तीव्र चार्जिङ हुने कम्पनीको भनाइ छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमससँगै फोनमा इन स्कृन फिङगर प्रिन्ट पनि छ ।  

रेड्मी नोट १३ प्रो स्टाइलिस एमोलेड डिस्प्ले
रेड्मी नोट १३ प्रोमा ७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल छ । फोनमा ६.६७ इञ्चको एमोलेड डिस्प्ले, २४००/१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेट छ । आईपी ५४ डस्ट र स्प्ल्याश रेसिस्टेन्सको फोनमा कोर्निङ गोरिल्ला ग्लास छ ।

चिपसेट र क्यामेरा
रेड्मी नोट १३ प्रो मिडिया टेक हेलियो अल्ट्रा चिपसेट रहेको छ । एन्ड्रोइड १३ मा आधारित फोनमा एमआईयूआई १४ छ । 

फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा छ । यस्तै आठ एमपी अल्ट्रा–वाइड क्यामेरा, दुई एमपीको म्याक्रो क्यामेरा र १६ एमपीको सेल्फी क्यामेरा उपलब्ध छ ।

५००० एमएच ब्याट्री रहेको फोनसँगै ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर मिल्छ । यसमा पनि डुअल स्पिकर, डल्बी एटमसको तथा इन स्किृन फिंगर प्रिन्ट उपलब्ध छ । 

रेड्मी नोट १३ 
७.९७ स्लिम डिस्प्ले रहेको रेड्मी नोट १३ को तौल १८८.५ ग्राम छ । फोनमा ६.६७ इञ्चको एमोलेड डिस्प्ले, २४००८/१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेट छ । रेड्मी नोट १३ आईपी ५४ डस्ट र स्प्ल्याश रेसिस्टेन्स छ ।

स्न्यापड्रागन चिपसेट र क्यामेरा
स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ मा एन्ड्रोइड १३ र एमआइयूआई १४ समावेश छ ।

फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । यस्तै, आठ एमपीको अल्ट्रा–वाइड क्यामेरा र दुई एमपीको म्याक्रो क्यामेरासँगै १६ एमपीको सेल्फी क्यामेरा छ ।

५००० एमएचको ब्याट्री रहेको फोनसँगै ३३ वाटको फास्ट चार्जर मिल्छ । डुअल स्पिकर, डल्बी एटमस र इन–स्क्रिन फिंगर प्रिन्ट सेन्सर सिरिजको बेस मोडलमा पनि उपलब्ध छ ।

मूल्य र अफर
सिरिजको सुरुआती फोन रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा उपलब्ध छ । फोनको ६/१२८ जीबी भेरियन्टको मूल्य २४ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको मूल्य २७ हजार ९९९ रुपैयाँ छ ।

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध छ । ८/२५६ जीबी भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ र १२/५१२ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ छ ।

सिरिजको टप फोनका रुपमा रहेको रेड्मी नोट १३ प्रो+ फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा उपलब्ध छ । फोनको ८/२५६ जीबी भेरियन्टको मूल्य ४७ हजार ९९९ र १२/५१२ जीबी भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu