site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर फागुन ६ गते

काठमाडौं । आउँदो फागुन ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम राखिएको छ । 

सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा उक्त जानकारी दिए । सभामुख घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूलाई लिखित प्रश्न दर्ता गराउने विषयमा पनि जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगन भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro