site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित 

काठमाडौं । संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनमा प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको बैठकले पूर्वमन्त्री समेत रहेका बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । 

बुढाथोकीको सोमबार निधन भएको थियो । बुढाथोकी नेपाली कांग्रेस पार्टीबाट २०६४, र २०७० सालको संविधानसभा सदस्य हुन् । उनी साविकको निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 

“पूर्वसामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असामयिक निधन भएकोमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,” बैठकले पारित गरेको शोक प्रस्तावमा लेखिएको छ । 

बैठकले बुढाथोकीको निधनमा एक मिनेट मौन धारण पनि गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro