site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको प्रश्न : सबै थाहा रहेछ, नगरेको चाहिँ किन ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न केले रोक्यो भन्दै प्रश्न गरेका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ दलले रोकेको भए कहाँ रोक्यो भन्ने जानकारी दिन आग्रह गरे । 

“सत्तारुढ दलको कुरा सुनियो । सबै थाहा रहेछ । कहाँ बेथिति विसंगति भएको रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ । नगरेको चाहिँ किन ? सबै थाहा रहेछ । रोकेको कसले ? हामी नयाँ दलले रोकेको हो त ? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो ?,” उनले प्रश्न गरे । 

आरोप प्रत्यारोप, छेडखानी भन्दा फरक ढंगले जाने प्रस्ताव गरे । उनले ज्ञान बाँड्न आफ्नै दलतिर हेर्न आग्रह गरे । अदालतले फैसला गरेका व्यक्ति दलमा कायम रहेको भन्दै हेर्न आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro