site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वविद्यालयको नेतृत्व नियुक्तिमा हिजोको गल्ती दोहोर्‍याउनु हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विश्वविद्यालयको नेतृत्व नियुक्तिमा हिजोको गल्ती दोहोर्‍याउन नहुने बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विश्वविद्यालय शिक्षा सुधार गर्‍यो भने पढ्न बाहिर जाने कुरा रोकिने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले त्यो बेलामा सुधार गरौँला भनेर मौका पाएका बेलामा त्रिभुवन विश्वविद्यालयमा हिजो जे गल्ती गरेका थियौँ । दोहोर्‍यायौँ र मौका पाएका बेलामा सुधार गरेनौँ भने हामी यहाँभित्र उच्च शिक्षा सुधार गर्ने भनेर भनिराख्छौँ, विद्यार्थी बाहिर गएर रोइकराइ गर्छौँ,” उनले भने, “संसद्ले पाएको जिम्मेवारी हामी ठिक ढंगले पाउन सक्नुपर्छ ।” 

कांग्रेसका महामन्त्री समेत रहेका थापाले विश्वविद्यालयको नेतृत्वको नियुक्तिमा भागबन्डा गर्न नहुने उनको भनाइ छ । कुनै पनि नागरिकले टिप्पणी गर्ने मौका दिन नहुने उनले बताए । उनले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याए । साना–साना कुरामा सुधार भए नागरिकमा भरोसा जाग्ने थापाले बताए ।
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्