site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
डिजिटल मिडियामा बालबालिकाको दुरुपयोग बढ्दो, कानुन अभावमा कारबाहीमा कठिनाइ

काठमाडौं । डिजिटल मिडियामा बालबालिकाको दुरुपयोगलाई नियन्त्रण र नियमन गर्न कानुनी जटिलता रहेको सरोकारवालहरूले औँल्याएका छन् । पछिल्ला केही वर्षयता अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा बालबालिकाको चरम दुरुपयोग भइरहे पनि कानुन अद्यावधिक नहुँदा नियमनमा कठिनाइ भएको उनीहरूको भनाइ छ । 

युट्युबको माध्यमबाट बालबालिकाको मानसिक स्वास्थयमा असर पुर्‍याउने सबैभन्दा धेरै सामग्री सार्वजनिक भइरहेको प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झपेन्द्र भुषाल बताउँछन् । तर, युट्युबलाई नियमन गर्ने कानुन नहुँदा र कतिपय अवस्थामा युट्युब सञ्चालकहरूसँग प्रत्यक्ष सम्पर्क नहुँदा कारबाहीमा कठिनाइ भएको उनको भनाइ छ । 

नेपाल प्रहरीमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ६ सय डिजिटल मिडियामा बालबालिकाको दुरुपयोगलाई लिएर उजुरी परेको साइबर ब्युरोका डीएसपी दिपेश जोशीले बताए । तर, ती मुद्दामा कारबाहीका लागि विद्युतीय कारोबार ऐन मात्रै पर्याप्त नभएको उनको भनाइ छ ।

सञ्चारमाध्यमको नियमनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ड्राफ्ट गरेका पछिल्ला दुई विद्येयकले डिजिटल मिडियालाई समेत समेट्ने मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिए । मन्त्रालयले नेपालमा प्रयोग भइरहेका सबैखाले सामाजिक सञ्जालका कम्पनीको नेपालमा कम्तीमा एउटा सम्पर्क केन्द्र राख्ने गरी छलफल अघि बढाएको उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu