site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न सक्दैन : मीनेन्द्र रिजाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेकको काम गर्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रिजालले 'जय नेपाल' भनेको 'लाल सलाम' र 'लाल सलाम' भनेको 'जय नेपाल' भएको नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आश गर्न नसकिने बताए ।

उनले अहिलेको गठबन्धनमा पाँच वर्षको सम्झौता भएको भन्दै एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नुबाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको पनि बताए ।

"ओनसरी घर्ती भनेको मीनेन्द्र रिजाल हो, मीनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । अब हामीले पाँच वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्‍यै गर्छौं बाँकी काम गर्नुपरेन," उनले भने ।

नेता रिजालले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहने पनि ठोकुवा गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro