site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरोप र लाञ्छनाप्रति आक्रोशित भएको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् । रफत सञ्चार क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाइने उनले उल्लेख गरे । सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भूमिका निर्वाह गर्ने उनले बताए ।

उनले आफ्ना बारेमा उठाइएका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको स्पष्ट पारे । आफूप्रतिको आरोप र लाञ्छनाप्रति आक्रोशित नभएको उनले बताए । यसले आफूलाई प्रस्ट पार्ने मौका पाएको उनको भनाइ छ ।

राजनीति र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने उनले बताए । पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro