site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय असंवैधानिक ठहर (पूर्णपाठ) 
फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गएको पुस १३ गते गरेको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो ।

‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चले असंवैधानिक ठहर गरेको छ । सो निर्णय नेपालको संविधानको धारा ७५ विपरीत रहेको फैसलामा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...नेपालको संविधानको मूल भावनाविपरीत निर्णय गर्ने आधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषद्लाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय र यस वर्षमा समेत मिति २०८०।११।१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरू समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ,” फैसलाको पूर्णपाठमा भनिएको छ ।

संविधानमा ‘सशस्त्र युद्ध’ भनेर उल्लेख छ । त्यसलाई संविधानमै ‘जनयुद्ध दिवस’ राख्नका निम्ति लगिएको प्रस्ताव समेत पहिलो संविधानसभाको संवैधानिक समितिबाट ०६६ पुस १० गते अस्वीकृत भएको थियो । सो तथ्य उल्लेख गर्दै सर्वोच्चले जनयुद्ध शब्दमा राष्ट्रिय सहमति समेत भएको नदेखिएको फैसला गरेको छ ।

विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा भएको छैन । बेपत्ता व्यक्तिको छानबिन तथा सत्यनिरुपण आयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । यस्तो अवस्थामा सरकारको सो निर्णयले बाँकी काम प्रभावित पार्ने र भविष्यमा बन्ने संस्थालाई समेत स्वतन्त्र रूपमा काम गर्न बाधा गर्ने सर्वोच्चले ठहर गरेको छ ।

फैसलाको पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्