site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खर काट्ने क्रममा जलेर मृत्यु
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । चितवनमा जलेर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३, क्यामराङकी ४२ वर्षीया ज्ञानुमाया प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो करिब साढे २ बजे राप्ती–१३, पान्द्रुङ चुलीस्थित पाखो जंगलमा खर काट्ने क्रममा जलेर उनी गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार, जंगलमा लागेको डढेलोले जलेर घाइते भएकी उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा ल्याइएको थियो ।

उपचारका क्रममा आज बिहान साढे ४ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro