site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो । 

८० वर्षको उमेरमा बुढाथोकीको गएराति उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । बुढाथोकीको पार्थिव शरीर झापास्थित निवास शनिश्चरे लगिएको छ । १२ बजेपछि जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उनी निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । पूर्वराजा वीरेन्द्रका ‘क्लासमेट’ समेत रहेका बुढाथोकी कांग्रेसका प्रभावशाली नेता थिए ।

राष्ट्रिय पञ्चायतमा २०३८ सालमा निर्वाचित भएका बुढाथोकी सूर्यबहादुर थापाको जलस्रोत सहायकमन्त्री बनेका थिए । ०४२ सालको सत्याग्रहका पक्षमा बोलेपछि पञ्चायतको कोपभाजनमा परेका बुढाथोकी ०४३ सालको चुनावमा विद्रोही उमेदवार बनेर निर्वाचित भएका थिए ।

Global Ime bank

उनी ०४८ सालको चुनावमा कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित  भएका थिए । ०७० सालमा संविधानसभा सदस्य भएका बुढाथोकी सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement