site stats
बाह्रखरी :: Baahrakhari
देश
यी प्रदेशमा हुनेछ हिमपात, वर्षाको सम्भावना छ ?

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमपातको सम्भावना रहेको हो । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदल रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने छैन,” मौसमविद् गोविन्द झाले भने, “पश्चिमी वायुको आंशिक प्रभाव मात्रै रहेकाले आज वर्षाको सम्भावना भने छैन ।”  

विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्