राजनीति

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानीको पुन: उद्घाटन नभएर पुन: वितरण गरिएको बताएका छन् ।
सोमबार संसद्बाहिर सञ्चारकर्मीसँग उनले प्रधानमन्त्रीले मेलम्ची खानेपानीको पुनः उद्घाटन नगरेको बताए ।
“मेलम्ची उद्घाटन भएको छैन । पुन: वितरण हो । प्रधानमन्त्रील एक वर्षको प्रगति विवरणमा २८ दिनमा आउँछ भनेकाले सोही अनुसार वितरण गरेको हो,” उनले भने ।
उनले मेलम्चीमा बाढीको स्थायी समाधानका लागि डीपीआरको छलफल भइरहेको पनि जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १८:४८
प्रतिक्रिया दिनुहोस्