राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले संसद्मा संकल्प प्रस्ताव दर्ता गराएकी छन् ।
सोमबार उनले संघीय संसद् सचिवालयमा बाल विवाह निर्मूल पार्नेसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।
उनले बाल विवाहलाई नीतिगत तहमै निर्मूल पार्न संकल्प प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।
संकल्प प्रस्तावमा उनले सबै स्थानीय तहमा विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्