site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले जनचासोका विधेयक नल्याए हाम्रा सांसदले निजी विधेयक ल्याउँछन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजीविकासम्बन्धी विधेयकहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने उनको भनाइ छ ।

त्यस्तै, उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने पनि धारणा राखे ।

सरकारले जनचासोका विधेयकहरू सदनमा ल्याउन नसके रास्वापाका सांसदहरूले निजी विधेयकहरू सदनमा लैजाने उनको भनाइ छ ।

उनले सदनलाई जनउत्तरदायी बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro