site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको पुनरागमन 

काठमाडौं । ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड, २०७९’ को २०औँ संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिसँग पुनः सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । 

यही माघ २९ गते होटल याक यतीमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Dabur Nepal
NIC Asia

कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवर्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो । सह–प्रायोजक बनेबापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ । 

पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुने छ । 

अवार्डअन्तर्गत तीन विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि सर्ट लिस्टको रूपमा वर्ष खेलाडी पुरुष र महिलाका समान आठ खेलाडी मनोनयनमा परेका छन् । सर्ट लिस्टबाट तीन खेलाडी पुनः छानिने छन् । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ । 

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । मनोनयनमा रजनी श्रेष्ठ (बडी बिल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटे निस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro