अर्थ व्यवसाय
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को विन्दुमा पुगेको छ ।
यस दिन ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ ।
१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चार उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १५:३४
प्रतिक्रिया दिनुहोस्