site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरलाई कार्यकर्ताको गुनासो– हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? 

काठमाडौं । यतिबेला नेपाली कांग्रेस ‘समुदायमा कांग्रेस’ अभियानका साथ वडा वडामा पुगेको छ । कार्यक्रमकै दौरान नेपाली कांग्रेसका नेता तथा १४औँ महाधिवेशनका सभापतिका प्रत्यासी शेखर कोइराला झापामा छन् । झापा पुगेका उनलाई विभिन्न तहका कार्यकर्ताहरूले गुनासै–गुनासाका पोका थुपारेका छन् । 

सोमबार बिहान दमकमा भएको अन्तर्क्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए । 

“हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?,” सहभागीको प्रश्न थियो । 

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्रअनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए । भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरूले नेताहरूलाई सुझाव दिए । 

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अबका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro