site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ठूलो स्कोर नबन्दा निराश कप्तान, प्रशिक्षक टमाटा भन्छन्– लक्ष्यअनुसारको प्रदर्शन गर्यौं 

काठमाडौं । दक्षिण अफ्रिकामा भएको युवा एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू–१९ क्रिकेट टिम स्वदेश फर्किएको छ । 

विश्वकपमा सुपर सिक्ससम्मको यात्रा तय गरेको नेपाली टिम सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो । प्रतियोगिताको समूह चरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरे पनि अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाली टिमले सुपर सिक्सको यात्रा तय गरेको थियो । तर, सुपर सिक्समा भने नेपाल भारतसँग १३२ रनले र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

सुपर सिक्समा दुवै खेल हारे पनि नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटा भने टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिए । उनले विश्वकपमा टिमले लक्ष्यअनुसार नै प्रदर्शन गरेको बतए ।

Dabur Nepal
NIC Asia

“हामीले जुन लक्ष्य लिएर गएका थियौँ । त्यसलाई भेट्टाउन सफल भर्यौं । न्युजिल्यान्डसँग पहिलो खेल खेल्दा ३०–४० रन धेरै दिन पुग्यौँ । पाकिस्तानसँग खेल्दा केही सुधारिएको प्रदर्शन गर्यौँ । अफगानिस्तानसँग जित निकाल्न सफल भयौँ,” प्रशिक्षक टमाटाले भने, “समग्रमा हामीले धेरै राम्रो क्रिकेट खेल्यौँ । त्यहाँ सात–आठ दिनअघि नै पठाएकोमा क्यानलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु । अभ्यास खेलले पनि हामीलाई धेरै फाइदा भयो । जसरी समर्थकहरुले साथ दिइरहनुभएको छ । त्यसका लागि धेरै धन्यवाद र यसरी नै माया गरिराख्नुस् भन्न चाहन्छु ।”

नेपाली टिमका कप्तान देव खनालले भने ब्याटिङमा सोचेजस्तो प्रदर्शन हुन नसकेको बताए ।

“ब्याटिङमा अलि राम्रो गर्न सकिन्थ्यो जस्तो मलाई लाग्छ । अफगानिस्तानविरुद्धको जितको पल ब्याख्या गर्न शब्द नै छैन । अन्तिम विकेट हुँदा दुई–तीन रन बाँकी थियो । तर, सुवास स्ट्राइकमा भएकाले मलाई उसले गर्न सक्छ भन्ने विश्वास थियो । अफगानिस्तान जस्तो टिमले यति कम लक्ष्य फेरि पनि दिँदैन भनेर जसरी पनि जित्नुपर्छ भन्ने मनसायले खेलिरहेको थिए,” देवले भने ।

प्रतियोगितामा नेपालले खेलेका पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका देव टिमबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । तर, देवले भने ठूलो स्कोर बनाउन नसक्दा निराश रहेको बताए ।

“ठूलो स्कोर गर्न नसक्दा एकदमै निराश छु । बललाई फुटबल जसरी हेरिरहेको थिए । तर, पनि ३०–३५ रनभन्दा माथि जान सकिरहेको थिइन् । तर, अहिले सिक्ने बेला छ । हरेक खेलमा केही न केही सिकिन्छ । कसरी टिमको इनिङ सम्हाल्ने र ठूलो स्कोर बनाउने भन्ने पनि सिक्दैछु,” देवले थपे ।

नेपाली टिमका अलराउन्डर गुल्सन झाले पनि प्रतियोगिता आफूले सोचेअनुसार हुन नसकेको बताए ।

“समग्रमा राम्रो भयो । टिमले राम्रो खेल्यो । बलिङ मबाट राम्रो थियो, ब्याटिङमा राम्रो भएन । मेरो पनि धेरै आशा थियो, भएन । कहिले कहीँ खेलाडीमा यस्तो हुन्छ । अनुभव राम्रो भयो,” गुल्सनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro