site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसी नखेल्दा हङकङमा समर्थक आक्रोशित, सरकारले माग्यो आयोजकसँग स्पष्टीकरण

काठमाडौं । प्रि–सिजन मैत्रीपूर्ण खेलमा हङकङ–११ विरुद्ध इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई नखेलाएपछि समर्थक आक्रोशित बनेका छन् ।

आइतबार दिउँसो भएको खेलमा मियामीले मेसीबिनै हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको थियो । तर, मियामीले मेसीलाई बेन्चमै राखेपछि मैदानमा उपस्थित करिब ४० हजार समर्थक आक्रोशित बनेका हुन् ।

Dabur Nepal
NIC Asia

मेसी नखेल्ने भएपछि समर्थकले टिकट फिर्ता गर्न माग गर्दै मियामीका मालिक डेविड बेकह्यामले प्रतिक्रिया दिएका बेला गिज्याएका थिए । मेसी नखेलेका कारण हङकङ सरकारबाट आयोजक टयाटलर एसियाले रकम कटौतीको सामना गर्न सक्ने त्यहाँका स्थानीय सञ्चारमाध्यमले खुलाएका छन् ।

“मेसीले आज खेल नखेलेको सम्बन्धमा हङकङ सरकार र सबै फुटबल प्रशंसक आयोजकको व्यवस्थाबाट अत्यन्तै निराश छन् । आयोजकले सबै फुटबल प्रशंसकलाई स्पष्टीकरण दिनुपर्छ,” त्यहाँको सरकारको प्रमुख खेलकुद आयोजक समिति (एमएसइसी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “एमएसईसीले नियम र सर्तहरूअनुसार आयोजकसँग फलो–अप कार्यहरू लिनेछ, जसमा मेसीले खेल नखेल्ने परिणामका रूपमा टिकटको रकम घटाउने सक्ने निर्णय समावेश गर्दछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro