site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘मधेसमा जसपाले सहमति तोड्यो’
जनमत पार्टीका अध्यक्ष सीके राउत । फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसद्‌मा प्रभावकारी भूमिका खेल्नेबारे छलफल गरिएको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकमा समसामयिक राजनीति र सोमबारदेखि सुरु हुने संसद् अधिवेशनमा प्रभावकारी भूमिका खेल्नेबारे छलफल गरिएको हो ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनका बारेमा छलफल भइरहेको बताए । उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरू सरकारबाट बाहिरिनुपरेको सुनाए ।

मधेसमा सुरुको एक वर्ष जसपाले सरकार सञ्चालन गर्ने, त्यसपछि जनमत र जनमतपछि नेपाली कांग्रेसले सरकार चलाउने गठबन्धन दलबीच सहमति भए पनि कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको उनको भनाइ छ ।

“...मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ,” उनले भने, “संघीय सरकारमा सहभागिताको विश्लेषण र काम–कारबाहीको समीक्षा हुँदै छ ।”

प्रवक्ता यादवले अरूको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूलै राम्रो काम गरेको जिकिर गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro