site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले क्यान्सर रोग न्यूनीकरण गर्न कुनै कसर बाँकी राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्यूनीकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले कुनैपनि कसर बाँकि नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले क्यान्सर न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्‍याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लड्ने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए । उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पारे ।

मन्त्री बस्नेतले भने, "क्यान्सर रोगलाई यो देशबाट न्यूनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै  भन्न सक्दैनौं । न्यूनीकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौँ, जति सक्छौँ । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला । यसमा लामोलामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरू यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगविरुद्ध लड्नका लागि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसको निम्ति जग तयार पार्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोगविरुद्ध लड्नेछौँ ।" 

मन्त्री बस्नेतले सरकारले क्यान्सर रोगविरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro