site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आउँदो वर्ष खेलकुदमा सबैभन्दा बढी बजेट क्रिकेटमा : अर्थमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अरू क्षेत्रको कम गरेर भए पनि आउँदो आर्थिक वर्षमा खेलकुदमा उल्लेख्य बजेट थप्ने उल्लेख गरे । खेलकुदमा सबैभन्दा धेरै बजेट क्रिकेटमा छुट्ट्याइने उनले बताए ।

उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर रंगशालाहरू बनाइरहेको समेत बताए । क्रिकेट अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउने महत्त्वपूर्ण विधा भएको उनको भनाइ छ ।

“...समग्रमा क्रिकेट अन्तर्राष्ट्रिय रूपमा नेपाललाई पहिचान गराउने महत्त्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट विस्तारै उत्रिन खौज्दै छ । स्रोत र साधनको सीमितता छ । माग धेरै छ, आवश्यकता धेरै छन्,” उनले भने, “अरू क्षेत्रको बजेट कम गरेर भए पनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro