site stats
बाह्रखरी :: Baahrakhari
खेल
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका निम्ति नेपाली महिला टिमको घोषणा

काठमाडौं । थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका निम्ति नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाली टिमले अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कप–२०२६ छनोटका तयारीका निम्ति थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

एन्फाका अनुसार, नेपालले मे ३० मा बन्द रंगशालाभित्र थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यसपछि नेपालले जुन २ मा थाइल्यान्डसँग आधिकारिक फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । 

Argakhachi Cement Island Ad

यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान छन् ।

नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अञ्जना रानामगर, उषा नाथ ।

रक्षक : अमृता जैसी, गीता राना, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई ।

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सुरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, सुस्मा तामाङ ।

फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्