site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेट उपाधि

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो ।

उपाधि जितेको पुलिसले १० लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पायो ।

आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । पुलिसका निम्ति शंकर रानाले ४३ बलमा पाँच चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए । आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन जोडे ।

आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

आर्मीका विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रनको योगदान गरे । सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ र जितेन्द्र मुखियाले अविजित १६ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन/तीन विकेट लिए । सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक/एक विकेट लिए । रासस

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro