site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले गर्‍यो इराक र सिरियामा हवाई आक्रमण

वासिङटन । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

एबीसी न्युजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकुविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।”

अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमान्ड एन्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भन्डारण र अरू सुविधामा आक्रमण गरेका छन् ।

ह्वाइट हाउसले ड्रोन आक्रमणका निम्ति इस्लामिक रेजिस्टेन्स इन इराक नामक छाता समूह जिम्मेवार रहेको जनाएको छ ।

रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा ४० जनाभन्दा बढी अमेरिकी सैनिक घाइते भएको उक्त घटना इस्लामिक रेजिस्टेन्स इन इराकले स्रोत–साधन र सहयोग गरेको योजनाबद्ध आक्रमण भएको बताए । 

संयुक्त राज्य अमेरिकाले इजरायल–हमास द्वन्द्वपछि यस क्षेत्रमा अमेरिकी सैनिक र सैन्य सुविधामा बारम्बार आक्रमण गरेको आरोप लगाउँदै आएको कातैब हिजबुल्लाह सिरिया र इराकमा सक्रिय एक लडाकु समूह हो । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro