site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पुस्तक परिचय

वर्षका बिहानीहरू 
(उपन्यास : समीर नेपाल) 
उपन्यासकार समीर नेपालको केही समयअघि प्रकाशित उपन्यास हो, ‘वर्षका बिहानीहरू’ ।

उपन्यासकार समीर आफ्नो भनाइमा लेख्छन् ‘त्यो केटो मै थिएँ । काठमाडौंमा मासिक रूपमा संचालन हुने साहित्य सन्ध्यामा कहिले कविता त कहिले कथा लिएर म पुग्ने गर्थेँ । नेपाल ल क्याम्पसको एउटा कक्षा कोठामा कार्यक्रम थियो साहित्य सन्ध्याको । प्रमुख हुनुहुन्थ्यो पारिजात । ...’

ओरिएन्टल पब्लिकेसनले प्रकाशनमा ल्याएको १२८+४ पृष्ठको यस उपन्यासको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।

Dabur Nepal
NIC Asia

०००
अब तिम्रो पालो 
(कवितासंग्रह : नारायण तिवारी)
साहित्यकार नारायण तिवारीको पछिल्लो प्रकाशित कृति हो ‘अब तिम्रो पालो’ । यसअघि दुईवटा कविताकृति प्रकाशनमा ल्याइसकेका तिवारीको यो तेस्रो कवितासंग्रह हो । उनका कथाकृति, लघुउपन्यास, लघुकथा, बालकथा तथा संस्मरणसंग्रह पनि प्रकाशित छन् ।

कृतिभित्र साहित्यकार तिवारी ‘मेरो पालो’मा लेख्छन् : ‘कविताका कुरा भन्दिनँ— कविताले नै भनुन् ।

मेरा कुरा पनि कवितामा नै छन्— म फेरि किन बोलौँ ? ...’

यस कृतिभित्र प्रा. कृष्ण पोखरेल र साहित्यकार राजवको भूमिका समेटिएको छ । 
साझा प्रकाशनद्वारा प्रकाशित १६०+४ पृष्ठको यस कविताकृतिको मूल्य ३२५– रुपैयाँ राखिएको छ ।

०००

धर्मदर्शन
(दर्शन : कमल रिजाल)
पत्रकारिता क्षेत्रमा लामो समय खर्चिएका कमल रिजाल आध्यात्म साहित्यमा क्रियाशील सर्जक हुन् । उनको पछिल्लो कृति हो ‘धर्मदर्शन’ । जसलाई उनले प्रयोगात्मक सिर्जना भनेका छन् । उनका आध्यात्म, चिन्तन, लोकसंस्कृति, नीतिकथासहित थुप्रै कृति प्रकाशित छन् ।

यस कृतिको लेखकीयमा रिजाल लेख्छन् : ‘अहिलेसम्म लेखिएकामध्ये नितान्त भिन्न शैलीमा लेखिएको कृति हो मेरो यो । विषयवस्तु करिब उस्तैउस्तै भए पनि प्रस्तुति भने पूर्णतः भिन्न रहेको छ यसको । ...’
साझा प्रकाशनद्वारा प्रकाशित ७२+४ पृष्ठको यस कृतिको मूल्य १८५– रुपैयाँ राखिएको छ ।

०००

समृद्धिको हुटहुटी
(दृष्टिकोण : अश्विनकुमार पुडासैनी)
लेखक अश्विनकुमार पुडासैनीको दोस्रो कृतिका रूपमा बजारमा आएको पुस्तक हो ‘समृद्धिको हुटहुटी’ । बैंकिङ क्षेत्रमा कार्यरत पुडासैनीको यस कृतिभित्र समृद्धिका लागि आवश्यक एक सय चिन्तनहरू समावेस गरिएको छ ।

यस कृतिको लेखकीयमा पुडासैनी लेख्छन् : ‘उज्यालो मृत्यु पछि मैले जीवनलाई नितान्त बेग्लै किसिमले हेर्न थालेको छु । अस्पतालबाट फर्केर घरमा आराम गरिरहँदा मैले अब त म बाँचेँ, मृत्युको भयबाट पनि तत्कालका लागि मुक्त भएँ, अब मैले गर्नुपर्ने काम कर्तव्य के हुन सक्छन् भनेर निरन्तर चिन्तन मनन गरिरहेँ । ...’

दिव्या देउराली प्रकाशन प्रा.लि.द्वारा प्रकाशित १४८+४ पृष्ठको यस पुस्तकको मूल्य ३७५– रुपैयाँ राखिएको छ । यसबापत प्राप्त हुने रकम मुटु बचाउने अभियानका लागि समर्पित गरिने पुस्तकमा उल्लेख छ ।

००० 
अन्त्य कहाँबाट सुरु हुन्छ ?
(कवितासंग्रह : देविका तिमिल्सिना)
साहित्यकार देविका तिमिल्सिना विशेषतः कथा साहित्यमा सक्रिय छन् । उनका कथाकृतिहरू प्रकाशित भइसकेका छन् । कथा साहित्यमा कलम चलाए पनि उनका कविताहरूको सँगालो पछिल्लो समय प्रकाशनमा आएको छ ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ ।

मानवअधिकारकर्मीका रूपमा क्रियाशील उनी निबन्धकार तथा सम्पादक पनि हुन् । यस कृतिमा लेखकीयमा तिमिल्सिना लेख्छन् :‘...कवितासंग्रह संगतअनुसारको फल । मेरो भन्नु केही छैन यी कविताहरूबारे । अब यी कविताहरू समाहित भएका छन् नेपाली साहित्यजगत्मा । बाँकी काम नेपाली साहित्यका पाठक र विवेचकको ।’

नेपाल स्रष्टा समाजद्वारा प्रकाशित १०४+४ पृष्ठको यस कविताकृतिको मूल्य १५०– रुपैयाँ राखिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro