site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शतक बनाएका दास आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपालविरुद्ध शतक बनाएका भारतका सचिन दास आउट भएका छन् ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका सचिनलाई नेपालका गुल्सन झाले दीपक बोहराबाट क्याच गराए । दासले १०१ बलमा ११६ रन बनाए ।

६२–३ को कठिन अवस्थाबाट सचिनले कप्तान उदय सरनसँग २१५ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेसका थिए ।

जारी खेलको ४८ ओभर समाप्त हुँदा भारतले चार विकेट गुमाएर २७९ रन बनाएको छ ।

जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro