काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपालविरुद्ध भारतका कप्तान उदय सरनले ५० रन पूरा गरेका छन् ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका सरनले ६१ बलमा अर्धशतक पूरा गरे । यसक्रममा उनले पाँच चौका प्रहार गरे ।
६२–३ को कठिन अवस्थाबाट कप्तान सरनले सचिन दाससँग १२० रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालिरहेका छन् । सचिन ६८ रनमा खेलिरहेका छन् ।
जारी खेलको ३५.१ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर १८२ रन बनाएको छ ।
जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।