site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध भारतका सचिन दासको अर्धशतक

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा नेपालविरुद्ध भारतका सचिन दासले ५० रन पूरा गरेका छन् ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका दासले ५० बलमा अर्धशतक पूरा गरे । यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे ।

६२–३ को अवस्थामा ब्याटिङका लागि आएका दासले कप्तान उदय सरनसँग ८५ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालिरहेका छन् । कप्तान सरन २७ रनमा खेलिरहेका छन् ।

जारी खेलको २९ ओभर समाप्त हुँदा भारतले तीन विकेट गुमाएर १४७ रन बनाएको छ ।

जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।

समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro