site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सावित्राले फ्रान्सको महिला लिग खेल्ने 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने भएकी छन् । फ्रान्सेली डिभिजन वान फेमिनिनको क्लब एन अभान्त गेङगाम एफसीले शुक्रबार एक भिडियो सार्वजनिक गर्दै सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको हो ।

यसै वर्ष इजरायली क्लबमा अनुबन्ध हुँदै युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी सावित्राले एक वर्षको अन्तरालमै फ्रान्सेली लिगसम्मको यात्रा तय गरेकी हुन् । फ्रान्सेली महिला लिग विश्वकै उत्कृष्ट १० महिला फुटबल लिगमध्येको एक हो ।

Dabur Nepal
NIC Asia

सावित्राले यसै सिजन इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । इजरायली लिगका निम्ति त्यहाँ पुगे पनि गाजा क्षेत्रमा द्वन्द्व चर्कंदा सावित्रा नेपाल फर्किएकी थिइन् । इजरायली क्लब पुग्नुअघि सावित्राले भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

सावित्रा अनुबन्धित एना भान गेङगाङ्प १२ खेलबाट आठ अंक जोड्दै हाल तालिकाको १०औँ स्थानमा छ । १२ टिम सहभागी लिगमा पुछारका दुई रेलिगेसनमा पर्ने प्रावधान छ । लिगमा अब एना भान गेङ्गाङ्पले १० खेल खेल्न बाँकी छ ।

अन्तर्राष्ट्रिय फुटबलमा ४३ गोल गरिसकेकी सावित्रा घरेलु नेपाली टिमकै उच्च गोलकर्ता समेत हुन् । उनी विभागीय टिम एपीएफबाट घरेलु फुटबल खेल्छिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro