site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ढोरपाटनमा हिमपात, किसानलाई राहत
हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगंगा गाउँपालिका–८, कुइनेमंगलेतर्फ जाँदै म्याग्दी र मुुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली । तस्बिर : सन्तोष गौतम/रासस ।

बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा यो वर्ष दोस्रोपटक हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो ।

हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्तीमगरले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा यो वर्ष दोस्रोपटक हिमपात भएको हो । बिहानैदेखिको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न समेत गाह्रो भएको स्थानीय गंगाबहादुर भण्डारीले जानकारी दिए । हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका निम्ति समस्या भएको भण्डारीले बताए ।

उनले भने, “हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन । राति अलिअलि पानी पर्‍यो र एकैछिनमा हिउँ पर्‍यो । अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन । अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ ।”

गएको मंसिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको थियो । त्यसयता सामान्य वर्षा समेत हुन सकेको थिएन । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका गहुँ, जौ बारीमै मर्न थालेका थिए । यो वर्षाले किसानलाई राहत मिलेको स्थानीय प्रेमबहादुर घर्तीमगरले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro