site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुपर सिक्समा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।

नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए । आठ ओभर बलिङ गरेको सुवासले ४४ रन खर्चिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

बंगलादेशविरुद्ध निरिह देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्‍याउन सकेनन् । विशालले टिमको खातामा ४८ रन थपे । २९–३ को अवस्थामा ब्याटिङ गर्न आएका विशालले कप्तान देवसँग चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । देवले टिमको खातामा ४८ रन थपे । सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ जोडे । 

१४२–९ को अवस्थाबाट अन्तिम विकेटका लागि सुवास र दुर्गेश गुप्ताले २७ रनको साझेदारी गर्दै नेपाललाई १६९ रनको स्कोरसम्म पुर्‍याएका थिए । दुर्गेशले नौ रन जोडे ।

नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कंडेल समान तीन रन जोडेर आउट भएका थिए । विपिन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।

बंगलादेशका रोहनात डोउल्लाह बोर्सोनले चार विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले दुई मेडन फ्याक्दै १९ रन खर्चिए । सेख पाइभेज जिबोनले तीन विकेट लिए । इक्बाद हुसैन इमोन, मरुफ मृधा र जिसान आलमले समान एक विकेट लिए ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

नेपालले अब सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro