site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी यू–१९ विश्वकप : बंगलादेशलाई नेपालले दियो १७० रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गर्‍यो ।

बंगलादेशविरुद्ध निरीह देखिएको नेपाली ब्याटिङमा विशालविक्रम केसी र कप्तान देव खनालबाहेक अरुले उल्लेख्यनीय योगदान पुर्‍याउन सकेनन् । विशालले टिमको खातामा ४८ रन थपे । २९–३ को अवस्थामा ब्याटिङ गर्न आएका विशालले कप्तान देवसँग चौथो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए । देवले टिमको खातामा ४८ रन थपे । सुवास भण्डारीले १८ र ओपनर अर्जुन कुमालले १४ जोडे । 

Dabur Nepal
NIC Asia

१४२–९ को अवस्थाबाट अन्तिम विकेटका लागि सुवास र दुर्गेश गुप्ताले २७ रनको साझेदारी गर्दै नेपाललाई १६९ रनको स्कोरसम्म पुर्‍याएका थिए । दुर्गेशले नौ रन जोडे ।

नेपालका आकाश त्रिपाठी, गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल समान तीन रन जोडेर आउट भए । विपीन रावलले दुई रन थप्दा आकाश चन्द ‘गोल्डेन डक’ भए ।

बंगलादेशका रोहनात डोउल्लाह बोर्सोनले चार विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले दुई मेडन फ्याक्दै १९ रन खर्चिए । सेख पाइभेज जिबोनले तीन विकेट लिए । इक्बाद हुसैन इमोन, मरुफ मृधा र जिसान आलमले समान एक विकेट लिए ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro